Exode 37
La confection de l'arche
1बजलेलले बबुल काठको सन्दुक बनाए। त्यसको लम्बाइ साढे दुई क्यूबिट, चौडाइ साढे एक क्यूबिट, र उचाइ साढे एक क्यूबिट थियो। 2तिनले त्यसको भित्री र बाहिरी भाग निखुर सुनले मोहोरे; अनि त्यसको वरिपरि सुनको बिट बनाए। 3तिनले त्यसका निम्ति सुनका चार वटा मुन्द्राहरू ढाले, र ती त्यसका चार वटा खुट्टामा लगाइदिए; दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा अर्कापट्टि। 4तब तिनले बबुल काठका डण्डाहरू बनाएर ती सुनले मोहोरे। 5ती डण्डाहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा बोक्नका निम्ति हाले।
La confection du propitiatoire
6तिनले निखुर सुनको पाप समाधान-स्थान बनाए; जसको लम्बाइ साढे दुई क्यूबिट र चौडाइ साढे एक क्यूबिट थियो। 7त्यसपछि तिनले पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू बनाए। 8तिनले एउटा करूब एक किनारमा, र अर्को करूब अर्को किनारमा बनाए। ती दुवै करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्राले बनाए। 9ती करूबहरूले आफ्ना पखेटाहरू माथिपट्टि फैलाएर पाप समाधान-स्थानमा छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ एक-अर्कापट्टि, पाप समाधान-स्थानतिर फर्किएका थिए।
La confection de la table
10बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो। 11तब तिनले त्यसलाई निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट बनाए। 12तिनले त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाए; अनि घेराको सबै भागमा सुनको बिट लगाए। 13तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे। 14त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा राखिए। 15तिनले टेबुल बोक्नलाई ती डण्डीहरू बबुल काठका बनाए र त्यसलाई सुनले मोहोरे। 16अनि तिनले टेबुलका निम्ति थालहरू, धुपौराहरू, कचौराहरू र अर्घबलि चढाउनका निम्ति यसका भाँडाहरू सबै निखुर सुनको बनाए।
La confection du chandelier
17तिनले निखुर सुनको सामदान बनाए। त्यसका आधार र डण्डा, फूलजस्ता कचौराहरू, कोपिला र फूलहरू एउटै टुक्राबाट पिटेर बनाए। 18तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका थिए। 19एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा थिए। 20अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू थिए। 21पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि थिए—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू। 22ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको थियो। 23तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए। 24सामदान र त्यसका सरसामानहरूका निम्ति तिनले एक टालेन्ट निखुर सुन लिए।
La confection de l'autel des parfums
25तिनले धूप बाल्नलाई बबुल काठको एउटा वेदी बनाए। त्यो वर्गाकार थियो; जसको लम्बाइ एक क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ दुई क्यूबिट थियो। त्यसका सिङहरू पनि एउटै टुक्राबाट बनेका थिए। 26तिनले त्यसका टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोरे; अनि त्यसको चारैतिर सुनको बिट बनाए। 27त्यसलाई बोक्नका निम्ति तिनले त्यसको बिटमुनि र त्यसको दुई विपरीत भागमा डण्डाहरू बस्ने घरका निम्ति सुनका दुई वटा मुन्द्राहरू बनाए। 28तिनले बबुल काठका डण्डाहरू बनाए र त्यसलाई सुनले मोहोरे। 29तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले झैँ सुगन्धित शुद्ध धूप पनि बनाए।