罗马书 5
与神相和
1यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ। 2अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ। 3यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता, 4सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। 5अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
基督为罪人死
6हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो। 7धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला, 8तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। 9ख्रीष्टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्वरको क्रोधबाट उहाँद्वारा निश्चय नै बचाइनेछौँ!
10किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ। 11यति मात्र होइन, तर परमेश्वरमा हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी आनन्दित हुन्छौँ, जसद्वारा हाम्रो मिलाप भएको छ।
在亚当里死,在基督里活
12यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। 13किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन। 14तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्। 15तर परमेश्वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो!
16परमेश्वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो। 17किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ! 18यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो। 19जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्। 20व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो, 21ताकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।