民数记 26
第二次数点人数
1विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्नुभयो, 2“सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।” 3यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने, 4“याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।”
流便支派
5इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: हानोकबाट हानोकीहरूको वंश; पल्लूबाट पल्लूईहरूको वंश; 6हेस्रोनबाट हेस्रोनीहरूको वंश; कर्मीबाट कर्मीहरूको वंश; 7यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो। 8पल्लूका छोरा एलिआब थिए। 9अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए। 10तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो। 11तरै पनि कोरहको पूरै वंशचाहिँ लोप भएर गएन।
西缅支派
12शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: नमूएलबाट नमूएलीको वंश; यामीनबाट यामीनीको वंश; याकीनबाट याकीनीको वंश; 13जेरहबाट जेरहीको वंश; शाऊलबाट शाऊलीहरूको वंश। 14शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो।
迦得支派
15गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सपोनबाट सपोनीहरूको वंश; हाग्गीबाट हाग्गीहरूको वंश; शूनीबाट शूनीहरूको वंश; 16ओज्नीबाट ओज्नीहरूको वंश; एरीबाट एरीहरूको वंश; 17अरोदीबाट अरोदीहरूको वंश; अरेलीबाट अरेलीहरूको वंश। 18गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो।
犹大支派
19एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे। 20यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शेलहबाट शेलानीहरूको वंश; पेरेसबाट पेरेसीहरूको वंश; जेरहबाट जेरहीहरूको वंश। 21पेरेसका सन्तानहरू यिनै हुन्: हेस्रोनबाट, हेस्रोनीहरूको वंश; हामूलबाट, हामूलीहरूको वंश। 22यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो।
以萨迦支派
23इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: तोलाबाट तोलाहीहरूको वंश; पुवाहबाट पुवातीहरूको वंश। 24याशूबबाट याशूबीहरूको वंश; शिम्रोनबाट शिम्रोनीहरूको वंश। 25इस्साखारका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 64,300 थियो।
西布伦支派
26जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: सेरेदबाट सेरेदीहरूको वंश; एलोनबाट एलोनीहरूको वंश; यहलेलबाट यहलेलीहरूको वंश। 27जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो।
玛拿西支派
28योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्: 29मनश्शेका सन्तानहरू: माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); गिलादबाट गिलादीहरूको वंश। 30गिलादका सन्तानहरू यिनै थिए: ईएजेरबाट ईएजेरीहरूको वंश; हेलेकबाट हेलेकीहरूको वंश। 31अस्रीएलबाट अस्रीएलीहरूको वंश; शेकेमबाट शेकेमीहरूको वंश। 32शमीदाबाट शमीदीहरूको वंश; हेपेरबाट हेपेरीहरूको वंश। 33(हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।) 34मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो।
以法莲支派
35एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूतेलहबाट शूतेलहीहरूको वंश; बेकेरबाट बेकेरीहरूको वंश; तहनबाट तहनीहरूको वंश। 36शूतेलहका सन्तानहरू यिनै थिए: एरानबाट एरेनीहरूको वंश। 37एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो।
便雅悯支派
38बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: बेलाबाट बेलाहीहरूको वंश; अश्बेलबाट अश्बेलीहरूको वंश; अहीरामबाट अहीरामीहरूको वंश। 39शूपामबाट शू्पामीहरूको वंश; हूफामबाट हूफामीहरूको वंश। 40आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: अर्दबाट अर्दीहरूको वंश; नामानबाट नामानीहरूको वंश। 41बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो।
但支派
42दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: शूहामबाट, शूहामीहरूको वंश, 43तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो।
亚设支派
44आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यिम्नाबाट यिम्नीहरूको वंश; यिश्वीबाट यिश्वीहरूको वंश; बेरियाहबाट बेरियातीहरूको वंश; 45अनि बेरियाहका सन्तानहरूबाट: हेबेरबाट हेबेरीहरूको वंश; मल्कीएलबाट मल्कीएलीहरूको वंश। 46आशेरकी सेरह नाम भएकी एउटी छोरी थिइन्। 47आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो।
拿弗他利支派
48नप्तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: यहसेलबाट यहसेलीहरूको वंश; गुनीबाट गुनीहरूको वंश। 49येसेरबाट येसेरीहरूको वंश; शिल्लेमबाट शिल्लेमीहरूको वंश। 50नप्तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो। 51इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो।
按阄分地
52याहवेहले मोशालाई भन्नुभयो, 53“देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू। 54ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्। 55जमिन निश्चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ। 56हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।”
数点利未人
57तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: गेर्शोनीबाट गेर्शोनीहरूको वंश; कहातबाट कहातीहरूको वंश; मरारीबाट मरारीहरूको वंश। 58यिनीहरू पनि लेवी वंशका नै थिए: लिब्नीहरूको वंश, हेब्रोनीहरूको वंश, महलीहरूको वंश, मूशीहरूको वंश, कोरहीहरूको वंश। (कहातचाहिँ अम्रामका पुर्खा थिए, 59अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्। 60हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए। 61तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।) 62एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्।
只剩下迦勒和约书亚
63मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्। 64यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्। 65किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्नुभएको थियो: तिनीहरू निश्चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।