历代志下 24

约阿施修理圣殿

1राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्। 2योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। 3यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए। 4केही समयपछि योआशले याहवेहको मन्दिर मर्मत गर्ने निश्‍चय गरे। 5तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “यहूदाका सहरहरूमा गएर सारा इस्राएलीहरूबाट वर्षेनी परमेश्‍वरको मन्दिर मर्मत गर्ने रकम बटुल्नुहोस्। यो काम छिट्टै गरिहाल्नू।” तर लेवीहरूले झट्टै काम गरेनन्। 6यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?” 7त्यस बेला त्यस दुष्‍ट स्त्री अतल्याहका छोराहरू परमेश्‍वरको भवनभित्र जबरजस्ती पसे; अनि त्यसका पवित्र चीजहरू पनि बालहरूको निम्ति प्रयोग गरेका थिए। 8राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो।

9त्यसपछि यहूदा र यरूशलेममा याहवेका निम्ति कर ल्याउनुपर्छ भनी घोषणा गरियो, जुन कर परमेश्‍वरका जन मोशाले इस्राएलमाथि उजाडस्थानमा लगाएका थिए। 10सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे। 11लेवीहरूले जहिले पनि त्यो बाकस राजाका अधिकृतहरूकहाँ ल्याउँथे, र तिनीहरूले त्यहाँ धेरै रकम भएको देख्थे। राजकीय सचिव र मुख्य पुजारीका अधिकृत आएर त्यो बाकस खाली गरेर त्यसलाई त्यसकै ठाउँमा राखिदिन्थे। तिनीहरूले नियमित रूपले त्यसो गरे, र ठूलो रकम जम्मा गरे। 12राजा र यहोयादाले त्यो रकम याहवेहको भवनको निम्ति काम गर्ने मानिसहरूलाई दिए। तिनीहरूले याहवेहको भवन पुनर्निर्माण गर्नको लागि डकर्मीहरू, सिकर्मीहरू, र मन्दिर मर्मत गर्नको लागि फलाम र काँसाका काम गर्नेहरूलाई पनि ज्यालामा लिए। 13काम जिम्मा लिएका मानिसहरू उद्यमी थिए, र तिनीहरूको अधीनमा काम अगि बढ्यो। तिनीहरूले परमेश्‍वरको भवन त्यसको पहिलेको नमुनाअनुसार पुनर्निर्माण गरे, र थप बलियो बनाए 14तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्‍यो।

耶何耶大之死

15जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे। 16तिनले परमेश्‍वर र उहाँको भवनका निम्ति इस्राएलमा असल काम गरेकाले तिनी राजाहरूसित दावीदको सहरमा गाडिए।

约阿施离弃神

17यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने। 18तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको भवनलाई त्यागे; अनि अशेरा देवीका खम्बाहरू र मूर्तिहरूलाई पुजे। तिनीहरूका दोषको कारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आयो। 19याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्। 20तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्‍लङ्घन गर्छौ? तिमीहरूको उन्‍नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ” 21तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। 22राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।”

约阿施之死

23त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए। 24अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो। 25अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्। 26तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद। 27तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्‍वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।

已复制!
Aa