Geremia 12
Perché prospera la via degli empi
1जब म मेरो मुद्दा तपाईंकहाँ राख्दछु, तब याहवेह, तपाईं सदैव धर्मी हुनुहुन्छ। तापनि म तपाईंसँग तपाईंको न्यायको बारेमा कुरा गर्न चाहन्छु: किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन सबै अधर्मीहरू सुखी जीवन जिउँछन्? 2तपाईंले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले; तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूको मुखले त सधैँ तपाईंको नाम लिन्छन्, तर तिनीहरूका हृदयबाट भने तपाईं टाढा हुनुहुन्छ। 3तर हे याहवेह, तपाईंले मलाई जान्नुहुन्छ; तपाईंले मलाई देख्नुहुन्छ र तपाईंप्रतिका मेरा विचारहरू जाँच्नुहुन्छ। तिनीहरूलाई काट्न लगिएका भेडालाई जस्तै तानेर लैजानुहोस्! तिनीहरूलाई मारिने दिनको निम्ति अलग गर्नुहोस्!
4कहिलेसम्म देश उजाड अवस्थामा रहिरहने र मैदानको घाँस ओइलिरहने? किनकि त्यस ठाउँमा बस्नेहरू दुष्ट छन्; जनावरहरू र चराहरू नष्ट भएका छन्। यसबाहेक, मानिसहरूले यसो भनिरहेका छन्, “हामीमाथि के हुँदैछ, परमेश्वरले देख्नुहुनेछैन।”
Se hai corso con dei pedoni
5“तँ मानिसहरूसँग दगुर्दा तिनीहरूले तँलाई थकाए भने, कसरी तँ घोडाहरूसित दगुर्न सक्छस्? यदि तँ सुरक्षित देशमा त ठेस खान्छस् भने, यर्दनका छेउछाउका काँढे झाडीहरूमा झन् के गर्छस्? 6तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका सदस्यहरू, तिनीहरूले समेत तँलाई धोका दिएका छन्; तिनीहरूले तेरो विरुद्धमा बोलेका छन्। तिनीहरूले तँसँग मिठा-मिठा कुरा गरेका छन्, तापनि तिनीहरूलाई विश्वास नगर्। 7“म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु, म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु; मैले प्रेम गरेका मानिसहरूलाई म तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। 8मेरो उत्तराधिकारीहरू मेरा निम्ति जङ्गलको सिंहजस्तै भएका छन्। तिनीहरू मसित गर्जन्छन्; यसैकारण म तिनीहरूलाई घृणा गर्दछु। 9के मेरो उत्तराधिकार, मेरा निम्ति शिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरी चोट लागेको चराझैँ भएको छैन? जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्; तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज। 10धेरै विदेशी शासकहरूले मेरो दाखबारीलाई नष्ट गर्नेछन्, र मेरो भूमि कुल्चीमिल्ची पार्नेछन्; तिनीहरूले मेरो सुन्दर भूमिलाई उजाड र बाँझो बनाइदिनेछन्। 11त्यो भूमि मेरो सामु सुक्खा, उजाड र बाँझो बनाइनेछ; समस्त देश उजाड पारिनेछ; किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन। 12मरुभूमिका सम्पूर्ण अग्ला नाङ्गा डाँडाहरूमाथि नाश गर्नेहरू हुल लागेर आउनेछन्; किनकि याहवेहको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ; कोही पनि सुरक्षित रहनेछैन।
13तिनीहरूले गहुँ छर्नेछन्, तर काँडाहरूको कटनी गर्नेछन्; तिनीहरूले कडा परिश्रम गर्नेछन्, तर केही फाइदा हुनेछैन। याहवेहको डरलाग्दो रिसको कारण, तिनीहरू आफ्नो फसलमा लज्जित हुनेछन्।”
Sradicherò e ristabilirò
14याहवेह यसो भन्नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु। 15तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। 16यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्। 17तर यदि कुनै पनि राष्ट्रले वचन पालन गरेन भने म त्यसलाई सम्पूर्ण रूपले उखेलेर नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।