2 Cronache 12

Sisak saccheggia il tempio

1राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले याहवेहको व्यवस्था त्यागे। 2तिनीहरू याहवेहप्रति अविश्‍वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा, 3बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्‍किया र कूशीहरूका असंख्य दलहरू थिए। 4तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए। 5तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ” 6इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।” 7तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन। 8तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्‍नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।”

9इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे। 10यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए। 11राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे। 12रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए।

La morte di Roboamo

13राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्। 14रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्‍टता गरे। 15रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्‍यो। 16रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।

Copiato!
Aa