Psalms 64

Hide me from the plots of the wicked

1सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे मेरा परमेश्‍वर, मैले गुनासो गर्दा मेरो सोर सुन्‍नुहोस्; शत्रुको धम्कीबाट मेरो प्राणलाई बचाउनुहोस्! 2दुष्‍टहरूको गुप्‍त पासोहरूबाट कुकर्मीहरूको षड्यन्त्रहरूबाट मलाई लुकाउनुहोस्! 3तिनीहरूले आफ्नो जिब्रोलाई तरवारझैँ धारिलो पार्छन्, र तिनीहरूका निर्दयी शब्दहरूले प्राणघातक काँडझैँ ताकेका छन्। 4तिनीहरूले निर्दोषहरूलाई ढुकि पासोमा पारेर काँड हान्छन्; तिनीहरूले डरैविना अचानक काँड हान्छन्। 5तिनीहरूले एक-अर्कालाई आफ्ना दुष्‍ट षड्यन्त्रहरूबाट प्रोत्साहन दिन्छन्; तिनीहरूले लुकाएर पासो थाप्ने कुरा गर्छन्; तिनीहरूले भन्छन्, “यसलाई कसले देख्छ र?” 6तिनीहरू अन्याय रच्छन् र भन्छन्, “हामीले सिद्ध योजना बनाएका छौँ!” मानिसको मन र हृदय साँच्‍चै धूर्त छ। 7तर परमेश्‍वरले उहाँका काँडहरूले तिनीहरूलाई हान्‍नुहुनेछ; तिनीहरू अचानक घाइते हुनेछन्। 8उहाँले तिनीहरूका जिब्रोलाई तिनीहरूकै विरुद्धमा बोल्न लगाउनुहुनेछ, र तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ; तिनीहरूलाई देख्ने सबैले गिल्‍ला गर्दै टाउको हल्‍लाउनेछन्।

9सबै मानिसहरू परमेश्‍वरसँग डराउनेछन्; तिनीहरूले परमेश्‍वरको कामको घोषणा गर्नेछन्; र उहाँले गर्नुभएका कामहरू विचार गर्नेछन्। 10धर्मी जनहरू याहवेहमा आनन्दित हुनेछन्, र उहाँमा शरण लिनेछन्; साँचो हृदय भएकाहरू सबैले उहाँको महिमा गर्नेछन्!

Copied!
Aa