Psalms 54

God is my helper

1सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल—जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, “के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?” हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्! 2हे परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस्; मेरा मुखका शब्दहरू सुनिदिनुहोस्! 3मलाई परदेशीहरूले आक्रमण गर्छन्; मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्— ती मानिसहरूले परमेश्‍वरको श्रद्धा गर्दैनन्। सेला 4हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ; प्रभुले नै मलाई सहारा दिनुहुन्छ। 5मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्; तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!

6म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु; हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो। 7तपाईंले मलाई मेरा सबै सङ्कष्‍टहरूबाट छुटाउनुभएको छ; र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।

Copied!
Aa