Psalms 15

Who may dwell on your holy hill

1दावीदको भजन। हे याहवेह, तपाईंको पवित्र वासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा कसले बस्‍न पाउनेछ? 2त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ, 3जसको जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको खराबी गर्दैन, र मित्रहरूको अपमान गर्दैन; 4जसले दुष्‍ट मानिसलाई घृणा गर्दछ, तर याहवेहको भय मान्‍नेहरूलाई आदर गर्दछ; जसले आफ्नो हानि हुँदा पनि आफूले शपथ खाएको कुरा बदल्दैन, र जसले आफ्नो मन बदल्दैन; 5जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन।

Copied!
Aa