Psalms 124

If the Lord had not been on our side

1दावीदको आरोहणको गीत। यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्— 2मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए; 3तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए; 4उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो। 5उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। 6याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। 7शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। 8स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।

Copied!
Aa