John 12
Mary anoints Jesus in Bethany
1निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। 2येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्नेहरूमध्ये एक थिए। 3मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्नाले घर भरियो। 4उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, 5“बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो। 6तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो। 7तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। 8गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।”
The plot against Lazarus
9यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए। 10त्यसकारण मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे। 11किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्वास गर्न थालेका थिए।
The entry into Jerusalem
12भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्ने खबर सुने। 13तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्ना!” “उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!” 14त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो: 15“ए यरूशलेमका मानिसहरू हो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि सवार हुनुभएर आउँदैहुनुहुन्छ।” 16त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे। 17अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे। 18यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। 19त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
The grain of wheat must die
20चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए। 21तिनीहरू गालीलको बेथसेदामा बस्ने फिलिपकहाँ आए, र यसो भनेर बिन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौँ।” 22फिलिपले गएर अन्द्रियासलाई भने; अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भनिदिए। 23येशूले भन्नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। 24म तिमीहरूलाई साँच्चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। 25आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। 26मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ। 27“अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ।
28हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा सोर आयो, “मैले मेरो नामको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।” 29त्यो भीडमा यो सोर सुन्नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने। 30येशूले भन्नुभयो, “यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन। 31अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ। 32यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।” 33उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने सङ्केत गर्न उहाँले यसो भन्नुभएको थियो। 34भीडले प्रश्न गर्यो, “ख्रीष्ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?” 35येशूले तिनीहरूलाई भन्नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्ने थाहा पाउँदैन।
36तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्नेछौ।” यति भनिसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो, र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
Unbelief despite the signs
37येशूले तिनीहरूका अगि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्वास गरेनन्। 38यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनलाई भएको थियो: “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ? र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?” 39यसैकारणले गर्दा तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्: 40“तिनीहरूका आँखाले नदेखून्, र हृदयले नबुझून्, न त निको हुनलाई मकहाँ आऊन् भनेर, परमेश्वरले नै तिनीहरूका आँखाहरू नेदेख्ने र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।” 41यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए; किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए। 42तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्ने डरले तिनीहरूले आफ्नो विश्वासलाई खुल्लमखुल्ला स्वीकार गरेनन्। 43किनकि परमेश्वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए। 44येशूले उच्च सोरमा भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्वास गर्दछ।
45जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ। 46म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन। 47“मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ। 48तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ। 49किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो। 50अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्न लगाउनुभएका कुराहरू नै हुन्।”