Richter 16

Simson trägt die Stadttore fort

1एक दिन शिमशोन गाजामा गए; र त्यहाँ उनले एउटी वेश्यालाई भेटे। उनी त्यससित रात बिताउनलाई त्यसकहाँ गए। 2गाजाका मानिसहरूलाई “शिमशोन यहाँ आएका छन्” भनी सुनाइयो। यसकारण तिनीहरूले त्यस ठाउँलाई घेरे, र रातभरि सहरको मूलढोकामा तिनलाई ढुकिबसे। तिनीहरू रातभरि यताउति नगइकन “बिहानै हामी त्यसलाई मार्नेछौँ” भन्दै बसिरहे। 3तर शिमशोन त्यहाँ आधा रातसम्म मात्र ढल्किरहे। तब उनी उठे, र सहरको मूलढोका र त्यसका दुई वटा खम्बाहरू पक्रेर तिनीहरूका आग्लोसमेत ती सबैलाई उखेलिदिए। उनले ती आफ्ना काँधमा हालेर हेब्रोनतिर फर्केको डाँडामा बोकेर लगे।

Simson und Delila

4केही समयपछि उनी सोरेकको बेँसीमा भएकी दलीला नामकी स्त्रीसित प्रेममा परे। 5पलिश्तीहरूका शासकहरू उनीकहाँ गएर भने, “तिमीले उनलाई आफ्नो महान् शक्तिको भेद देखाउन र हामीले कसरी उनलाई जितेर बाँधीकन उनलाई अधीनमा ल्याउन सक्छौँ, सो प्रकट गर्न फकाउनू। हामी प्रत्येकले तिमीलाई चाँदीका एघार सय सेकेल सिक्‍का दिनेछौँ।” 6यसकारण दलीलाले शिमशोनलाई भनी, “कृपया मलाई भन्‍नुहोस्, तपाईंको महान् शक्तिको रहस्य केमा छ, र तपाईंलाई कसरी बाँधेर वशमा पार्न सकिन्छ?” 7शिमशोनले त्यसलाई भने, “यदि कसैले मलाई सात वटा नसुकाएका नयाँ धनुका ताँदाले बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” 8तब पलिश्तीका शासकहरूले त्यसलाई नसुकाएका सात वटा ताजा ताँदा ल्याइदिए, र त्यसले उनलाई तिनैले बाँधी। 9त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ताँदालाई ज्वालामा धागो हाल्दा चुँडिएझैँ सजिलैसित चुँडाइदिए। यसरी उनको बलको भेद थाहा पाउन सकिएन। 10तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई मूर्ख बनाउनुभयो; तपाईंले मलाई ढाँट्नुभयो। कृपया, यस पटक मलाई भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?” 11उनले भने, “यदि कसैले मलाई कहिल्यै प्रयोग नगरिएका नयाँ डोरीहरूले राम्रोसित बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”

12यसकारण दलीलाले नयाँ डोरीहरू ल्याई, र ती डोरीहरूले उनलाई बाँधी। त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ती पाखुराका डोरीहरूलाई धागोझैँ चुँडाइदिए। 13तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई अहिलेसम्म मूर्ख बनाउँदै र ढाँट्दै हुनुहुन्छ। तपाईंलाई कसरी बाँध्न सकिन्छ? मलाई भन्‍नुहोस्।” उनले जवाफ दिए, “यदि तिमीले मेरा कपालका सात वटा लट्टाहरूलाई तानमा बुनेर किलामा बाँधिदियौ भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” यसकारण त्यसले उनी सुतेको बेला उनको कपालका सात वटा लट्टाहरू लिएर बाटी; 14तब त्यसलाई किलामा कसिदिई। त्यसले फेरि उनलाई बोलाई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी निद्राबाट बिउँझेँ, र तानलाई किलासमेत उखेलिदिए।

Das Geheimnis seiner Kraft

15तब त्यसले उनलाई भनी, “तपाईंले ‘म तिमीलाई प्रेम गर्छु’ भनी कसरी भन्‍न सक्नुहुन्छ? जबकि तपाईंले मलाई भेद नै बताउन सक्नुहुन्‍न? तपाईंले मलाई मूर्ख बनाउनुभयो, र आफ्नो महान् शक्तिको भेद नबताउनुभएको यो तेस्रो पटक हो।” 16यस्तो कचकचले दिनदिनै वाक्‍क पार्दा उनलाई दिक्‍क लाग्यो। 17यसकारण उनले सबै कुरा भनिदिए। उनले भने, “मेरो शिरमा कहिल्यै छुरा परेको छैन; किनकि म आमाको गर्भदेखि नै परमेश्‍वरको निम्ति अलग गरिएको एउटा नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट गइहाल्नेछ, र म अरू मानिसझैँ कमजोर हुनेछु।” 18उनले आफूलाई सबै कुरा बताइदिएका थाहा पाएर दलीलाले पलिश्तीहरूकहाँ यसरी समाचार पठाई, “फेरि एकपल्ट फर्किआउनुहोस्; उनले मलाई सबै कुरा बताएका छन्।” यसकारण पलिश्तीका शासकहरू हातमा चाँदी लिएर आए। 19उनलाई आफ्नो काखमा सुताएर त्यसले कपाल खौरिनको निम्ति एक जना मानिसलाई बोलाई, र तिनलाई वशमा पार्न थाली। यसरी उनको शक्ति उनीबाट गइहाल्यो। 20तब त्यसले बोलाई “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी आफ्नो निद्राबाट बिउँझेँ, र पहिलेझैँ बाहिर गएर आफूलाई स्वतन्त्र तुल्याउनेछु भनी सम्झे। तर आफूलाई याहवेहले त्यागिसक्नुभएको छ भनी उनलाई थाहै भएन। 21तब पलिश्तीहरूले उनलाई पक्रेर उनका आँखाहरू निकालिदिए, र उनलाई तल गाजामा लगे। उनलाई काँसोका साङ्लाहरूले बाँधेर तिनीहरूले झ्यालखानामा जाँतो पिँध्न लगाए। 22तर उनका खौरिसकेका शिरका केश फेरि बढ्न लाग्यो।

Der Tod Simsons

23अब आफ्नो देवता दागोनकहाँ एउटा महान् बलि चढाउन भनी पलिश्तीहरूका शासकहरू यसो भन्दै उत्सव मनाउन भेला भए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ।” 24जब मानिसहरूले उनलाई देखे, तब तिनीहरूले यसो भन्दै आफ्ना देवताको प्रशंसा गरे, “हाम्रा देवताले हाम्रा शत्रुलाई हाम्रा हातमा सुम्पिदिएका छन्। हाम्रो देशलाई उजाड पारिदिने र हाम्रा धेरैलाई मार्नेलाई।” 25तिनीहरू साह्रै उत्साहित भएको बेला तिनीहरू यसो भनेर कराए, “हामीलाई खेलतमाशा देखाउन शिमशोनलाई ल्याओ।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट झिकाए, र उनले तिनीहरू सबैको सामु खेलतमाशा देखाए। तिनीहरूले उनलाई खम्बाहरूको बीचमा उभ्याए, 26अनि शिमशोनले आफ्ना हात समात्ने नोकरलाई भने, “मलाई मन्दिरलाई अडाउने खम्बाहरूमा राखिदे, र म त्यहाँ अडेस लाग्न सकूँ।” 27त्यो मन्दिरचाहिँ पुरुष र स्त्रीहरूले खचाखच भरिएको थियो। अनि पलिश्तीहरूका सबै शासकहरू पनि त्यहाँ थिए। छतमा चाहिँ प्राय: तीन हजार जति पुरुष र स्त्रीहरू शिमशोनको तमाशा हेरिरहेका थिए। 28तब शिमशोनले याहवेहसित प्रार्थना गरे, “हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्‍वर, मलाई एकैपल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।” 29तब शिमशोन मन्दिरलाई थामिराख्ने दुई वटा खम्बाहरूका बीचमा पुगे। तिनीहरूमा बलियोसित अडेसिएर आफ्नो दाहिने हात एउटामाथि र देब्रे हात अर्कोमाथि राखे; 30अनि उनले भने, “मलाई पलिश्तीहरूसितै मर्न दिनुहोस्!” तब शिमशोनले आफ्नो पूरा शक्ति लगाएर ठेले, र मन्दिर ती शासकहरू र त्यसमा भएका मानिसहरूमाथि ढल्यो। यसरी उनले आफू बाँचेको समयको भन्दा झन् धेरै मानिसहरूलाई मारे।

31तब उनका दाजुभाइहरू र उनका बुबाका सम्पूर्ण परिवार उनलाई लिन तल झरे। तिनीहरूले उनको लास लगे, र सोरा र एश्तोलको बीचमा उनका बुबा मानोहको चिहानमा गाडे। उनले इस्राएलमाथि बीस वर्षसम्म नेतृत्व गरे।

Kopiert!
Aa