Psalmen 47
Klatscht in die Hände, alle Völker
1सङ्गीत निर्देशकको निम्ति, कोरहको छोराहरूका भजन। हे सबै जाति-जातिका मानिसहरू हो, ताली बजाओ; उच्च सोरले परमेश्वरको निम्ति जयजयकार गर! 2सर्वोच्च याहवेह कस्तो महान् हुनुहुन्छ, सारा पृथ्वीभरिका महाराजा। 3उहाँले राष्ट्रहरूलाई हाम्रा अधीनमा, र जाति-जातिहरूलाई हाम्रा पैतालामुनि पार्नुभएको छ। 4उहाँले हाम्रा निम्ति उत्तराधिकारको भाग छान्नुभयो, याकोबको गौरव, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो। सेला 5परमेश्वर आनन्दको सोरसित, याहवेह तुरहीको आवाजसित माथि उक्लनुभएको छ। 6परमेश्वरको निम्ति गीत गाओ, गीत गाओ; हाम्रा राजाको निम्ति गीत गाओ, गीत गाओ!
7किनकि परमेश्वर सारा पृथ्वीका राजा हुनुहुन्छ; उहाँको निम्ति प्रशंसाको भजन गाओ! 8परमेश्वरले राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ; परमेश्वर उहाँको पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। 9अब्राहामका परमेश्वरका मानिसहरूझैँ राष्ट्रहरूका श्रेष्ठ व्यक्तिहरू भेला भएका छन्; किनकि पृथ्वीका शासकहरू परमेश्वरकै हुन्; परमेश्वर अति उच्च हुनुहुन्छ।