Lukas 2

Jesus wird in Betlehem geboren

1ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे। 2(कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।) 3नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए। 4यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए। 5उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। 6तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, 7र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।

Die Hirten hören die gute Nachricht

8त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। 9त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। 10तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। 11आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट प्रभु हुनुहुन्छ। 12अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” 13तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो: 14“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।” 15जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।”

16त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। 17जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। 18जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए। 19तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। 20सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।

Das Kind wird im Tempel dargestellt

21आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए। 22जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए, 23(जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”), 24अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।

Simeon nimmt das Kind auf die Arme

25त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। 26प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो। 27त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, 28तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने: 29“हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्, 30किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्, 31जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ; 32सबै जातिहरूलाई प्रकाशका निम्ति र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।”

33बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्‍क परे। 34त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्। 35जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”

Hanna dankt Gott

36त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्। 37तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्। 38त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्‍नेहरू सबैलाई बालकको बारेमा बताइन्।

Aufwachsen in Nazaret

39प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के। 40बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।

Der zwölfjährige Jesus unter den Lehrern

41येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। 42जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो। 43चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। 44उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। 45उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। 46तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए। 47उहाँका कुरा सुन्‍नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए। 48जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।”

49उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” 50तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्। 51त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्। 52अनि येशू बुद्धिमा, कदमा अनि परमेश्‍वर र मानिसहरूको कृपादृष्‍टिमा बढ्दै जानुभयो।

Kopiert!
Aa