Esra 2
Die Liste der Heimgekehrten
1बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू 2यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए): 3परोशका सन्तानहरू 2,172 जना; 4शपत्याहका सन्तानहरू 372 जना; 5अराहका सन्तानहरू 775 जना; 6पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना; 7एलामका सन्तान 1,254 जना; 8जत्तूका सन्तान 945 जना;
9जक्कैका सन्तान 760 जना; 10बानीका सन्तान 642 जना; 11बेबैका सन्तान 623 जना; 12अज्गादका सन्तान 1,222 जना; 13अदोनीकामका सन्तान जम्मा 666 जना; 14बिग्वैका सन्तान 2,056 जना; 15आदीनका सन्तान 454 जना; 16आतेरका सन्तान (हिजकियाबाट) 98 जना;
17बेजैका सन्तान 323 जना; 18योराका सन्तान 112 जना; 19हाशूमका सन्तान 223 जना; 20गिब्बारका सन्तान 95 जना; 21बेथलेहेमका मानिसहरू 123 जना; 22नतोपाका मानिसहरू 56 जना; 23अनातोतका मानिसहरू 128 जना; 24अज्मावेतका मानिसहरू 42 जना;
25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना; 26रामा र गेबाका मानिसहरू 621 जना; 27मिकमाशका मानिसहरू 122 जना; 28बेथेल र ऐका मानिसहरू 223 जना; 29नेबोका मानिसहरू 52 जना; 30मग्बीसका मानिसहरू 156 जना; 31अर्को एलामका मानिसहरू 1,254 जना; 32हारीमका मानिसहरू 320 जना;
33लोद, हादीद र ओनोका मानिसहरू 725 जना; 34यरीहोका मानिसहरू 345 जना; 35सेनाहका मानिसहरू 3,630 जना। 36पुजारीहरू: यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना; 37इम्मेरको परिवारबाट 1,052 जना; 38पशहूरको परिवारबाट 1,247 जना; 39हारीमको परिवारबाट 1,017 जना। 40लेवीहरू: येशूआका र कदमिएलका सन्तानहरू (होदवियाहको वंश) 74 जना।
41गायकहरू: आसापका सन्तानहरू 128 जना। 42मन्दिरका द्वारपालहरू: शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता र शोबैका सन्तानहरू 139 जना। 43मन्दिरका सेवकहरूका सन्तानहरू: सीहा, हसूपा, तब्बाओत, 44केरोस, सीआ, पादोन, 45लेबाना, हागाबा, अक्कूब, 46हागाब, शल्मै, हानान, 47गिद्देल, गहर, रायाह, 48रसीन, नकोदा, गज्जाम,
49उज्जा, पसेह, बेसै, 50अस्ना, मोनीम, नेपुसीम, 51बक्बूक, हकूपा, हरहूर, 52बस्लूत, महीदा, हर्शा, 53बर्कोस, सीसरा, तेमह, 54नसीह र हतीपा। 55सोलोमनका सेवकहरूका सन्तानहरू: सोतै, सोपेरेत, परुदाका सन्तानहरू, 56याला, दर्कोन, गिद्देल,
57शपत्याह, हत्तील, पोकेरेत-हसेबायीम र आमी 58मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना। 59तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्: 60दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना। 61अनि पुजारीहरूमध्येबाट: होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)। 62यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। 63राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए। 64सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो।
65यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए। 66तिनीहरूका 736 घोडा, 245 खच्चर, 67435 ऊँट र 6,720 वटा गधा थिए।
Gaben für das Haus Gottes
68जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए। 69तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक सुन, 5,000 मीना चाँदी र 100 पुजारीका पोशाकहरू दिए। 70पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे।