2 Könige 24
Babel übernimmt die Herrschaft
1यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। 2याहवेहले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूलाई आफ्ना सेवक अगमवक्ताहरूद्वारा घोषणा गरिएको याहवेहको वचनअनुसार यहूदालाई नाश गर्न पठाउनुभयो। 3मनश्शेका पापहरू र तिनले जे जति गरेका थिए, त्यसको कारण आफ्नो उपस्थितिबाट हटाउनलाई निश्चय नै याहवेहको आज्ञाअनुसार यी कुराहरू यहूदामाथि घटे। 4साथै ती पापहरूमा निर्दोष मानिसहरूको रगत पनि बगाइएको थियो। किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, र याहवेहले क्षमा दिने इच्छा गर्नुभएन। 5यहोयाकीमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूका विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र?
Jojachin regiert in Juda
6यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए। 7इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए। 8राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्। 9तिनले आफ्ना पिताले गरेझैँ याहवेहको दृष्टिमा जे दुष्टता थियो, त्यही गरे।
Die erste Wegführung
10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले। 11तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए। 12यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे। 13याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए। 14तिनले सम्पूर्ण यरूशलेमलाई, सबै अधिकृतहरू र योद्धाहरू, सबै दक्ष कारिगरहरू र सिकर्मीहरू गरी जम्मा दश हजार जनालाई देशबाट कैद गरेर लगे। देशका अति गरिब मानिसहरू मात्र छोडिए। 15नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे। 16बेबिलोनका राजाले बलिया र युद्ध गर्न सक्ने सात हजार लडाकु मानिसहरूको दल र एक हजार दक्ष कामदार र शिल्पकारहरूलाई पनि बेबिलोनमा कैद गरेर लगे। 17तिनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा तुल्याए, र तिनको नाम बदलेर सिदकियाह राखिदिए।
Zedekia regiert in Juda
18राजा हुँदा सिदकियाह एक्काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्। 19यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। 20याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।