출애굽기 36

필요 이상으로 가져오다

1यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।” 2तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए। 3तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्‍त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे। 4तब पवित्रस्थानमा काम गर्ने सबै दक्ष कामदारहरूले आ-आफ्ना काम छोडे, 5अनि मोशालाई भने, “याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।” 6त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: “अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।” यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे। 7किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्‍न गर्न चाहिएभन्दा धेरै भयो।

열 폭 휘장을 만들다

8कामदारहरूमध्ये दक्ष भएकाहरूले दश वटा पर्दाले समागम पाल बनाए। ती पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका निलो, बैजनी र रातो धागोका, र तिनमा दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल थिए। 9सबै पर्दाहरू एउटै नापका थिए—अट्ठाइस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ। 10तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे। 11त्यसपछि तिनीहरूले पहिलो जोडिएको पर्दाको अन्तिम किनारमा निलो कपडाको सुर्काउनी बनाए। अनि दोस्रो किनारमा जोडिएको भागको अर्को पर्दाको अन्तिम किनारमा पनि पहिलेको जस्तै गरे। 12तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए। 13त्यसपछि तिनीहरूले ती पर्दाहरू एक-आपसमा जोड्नलाई सुनका पचास वटा अङ्कुसेहरू बनाए। यसरी समागम पाल एउटै भयो।

염소 털 막을 만들다

14समागम पालमाथिको पालको लागि तिनीहरूले बाख्राको भुत्लाबाट एघार वटा पर्दाहरू बनाए। 15सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ। 16तिनीहरूले पाँच वटा पर्दाहरू जोडेर एउटा भाग र छ वटा पर्दाहरूका जोडेर अर्को भाग बनाए। 17त्यसपछि तिनीहरूले पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाए; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाए। 18ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए। 19त्यसपछि तिनीहरूले पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाए; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाए।

널판을 만들다

20तिनीहरूले समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाए। 21प्रत्येक फल्याकका लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट थियो। 22त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए। 23तिनीहरूले समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाए। 24अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाए—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा। 25अर्कोपट्टि, समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू, 26अनि तिनको निम्ति दुई वटा आधार गरेर तिनीहरूले चाँदीका चालीस वटा आधारहरू बनाए। 27तिनीहरूले पछिल्तिरको भाग, जो समागम पालको पश्‍चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाए।

28अनि अन्तिम भागमा भएका समागम पालका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाइए। 29ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्‍लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए। 30यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए। 31तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए। 32अनि अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्‍चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए। 33तिनीहरूले फल्याकहरूको बीचमा पर्ने बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुग्ने बनाए। 34तिनीहरूले सबै फल्याकहरू सुनले मोहोरे, र बारहरू पक्रनका लागि सुनका मुन्द्राहरू बनाए। ती बारहरू पनि सुनले नै मोहोरे।

휘장을 만들다

35तिनीहरूले निलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको एउटा पर्दा बनाए; जसमा निपूर्ण शिल्पकारद्वारा बनाइएका करूबहरू थिए। 36तिनीहरूले त्यसका लागि बबुल काठका चार वटा खाँबाहरू बनाए; अनि तिनलाई सुनले मोहोरे। तिनीहरूले सुनका अङ्कुसेहरू बनाए; र चाँदीका चार वटा आधारहरू ढाले।

출입구 휘장을 만들다

37तिनीहरूले पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले शिल्पकारको शिल्पकारी भएको एउटा पर्दा बनाए; 38अनि तिनीहरूले पाँच वटा खाँबाहरूसहित अङ्कुसेहरू पनि बनाए। तिनीहरूले खाँबोका टुप्पाहरू र तिनका फित्ताहरू सुनले मोहोरे, र तिनका पाँच वटा काँसोका आधारहरू बनाए।

복사됨!
Aa