역대하 34

요시야가 유다를 다스리다

1राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। 2तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे।

요시야가 온 땅을 정결하게 하다

3तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्‍वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले। 4तिनको निर्देशनमा बाल देवताका वेदीहरू भत्काइए। तिनले तीमाथि भएका धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारेर आकृतिहरूलाई धुलोपिठो बनाइदिए। तिनले ती कुराहरूलाई धुलोपिठो बनाएर तिनीहरूकहाँ बलिदान चढाउनेहरूका चिहानहरूमाथि छरिदिए। 5तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे। 6मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्‍तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए। 7तिनले ती मूर्तिहरूलाई टुक्रा-टुक्रा पारेर धुलोपिठो पारिदिए; अनि इस्राएलभरि भएका सबै धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारिदिए। तब तिनी यरूशलेममा फर्के।

요시야가 성전을 수리하다

8योशियाहको शासनकालको अठारौँ वर्षमा तिनले देश र यरूशलेमलाई शुद्ध गर्न भनी असल्याहका छोरा शापान, सहरका प्रशासक मासेयाह र योआहाजका छोरा लेखापाल योआलाई याहवेह तिनका परमेश्‍वरको मन्दिर मर्मत गर्न भनी पठाए। 9तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए, र द्वारपाल लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै भागबाट, साथै यहूदाका र बेन्यामीनका मानिसहरूबाट र यरूशलेमका मानिसहरूबाट उठाएर परमेश्‍वरको मन्दिरमा ल्याइएको रकम तिनलाई सुम्पिदिए। 10तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए। 11तिनीहरूले यहूदाका राजाहरूले भत्किन दिएका भवनहरूका दलिन र थाम्ने काठको निम्ति काटेका ढुङ्गाहरू र काठहरू किन्‍न सिकर्मी र डकर्मीहरूलाई पनि रकम दिए। 12ती मानिसहरूले विश्‍वासयोग्यतामा काम गरे। तिनीहरूलाई निर्देशन दिनलाई तिनीहरूमाथि मरारीका सन्तान लेवी यहत र ओबदिया थिए, जो कहातका सन्तान जकरिया र मशुल्‍लाम थिए। वाद्य-यन्त्रमा दक्ष लेवीहरू थिए, 13जसलाई मजदुरहरूको जिम्मा दिइएको थियो र तिनीहरूले सबै कर्मचारीहरूको काम रेखदेख गर्थे। लेवीहरूमध्ये केही सचिव, शास्त्री र द्वारपालहरू थिए।

율법책을 발견하다

14जब तिनीहरूले याहवेहको मन्दिरमा सङ्कलन गरिएको रकम बाहिर ल्याए, तब पुजारी हिल्कियाहले मोशाद्वारा दिइएको याहवेहको व्यवस्थाको पुस्तक भेट्टाए। 15हिल्कियाहले सचिव शापानलाई भने, “मैले याहवेहको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए। 16तब शापानले त्यो पुस्तक राजाकहाँ लगे, र तिनलाई खबर दिए: “तपाईंका कर्मचारीहरूले तिनीहरूलाई जिम्मा दिएअनुसार सबै काम गरिरहेका छन्। 17तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्। 18त्यसपछि पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” सचिव शापानले त्यसलाई राजाको उपस्थितिमा पढे। 19व्यवस्थाका कुराहरू सुनेपछि राजाले आफ्नो वस्त्र च्याते। 20तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असाहायाहलाई हुकुम दिए: 21“जाओ र मेरा निम्ति, इस्राएल र यहूदाका बाँकी रहेकाहरूका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रा पुर्खाहरूले याहवेहको वचन पालन नगरेका र तिनीहरूले यस पुस्तकमा लेखिएअनुसार नगरेका हुनाले हामीमाथि याहवेहको ठूलो क्रोध खनिएको छ।”

훌다의 예언

22हिल्कियाह र राजाले तिनीसित पठाएकाहरू अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए, जो वस्त्रहरूको रेखदेख गर्ने हसराका नाति तोखतका छोरा शल्‍लूमकी पत्नी थिइन्। उनी यरूशलेमको नयाँ भागमा बस्थिन्। 23उनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, 24याहवेह यसो भन्‍नुहुन्छ: ‘म यस ठाउँ र यसमा भएका मानिसहरूमा विपत्ति, अर्थात् यहूदाको राजाको सामु यस पुस्तकबाट पढिएका श्रापहरू ल्याउनेछु। 25तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूका निम्ति धूप बालेका छन्। तिनीहरूका हातले बनाएका सबै कुराहरूले मलाई रिस उठाएका छन्। यसकारण यस ठाउँमा मेरो क्रोध खन्याइनेछ, र त्यो शान्त हुनेछैन।’ 26याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: 27तेरो हृदयले मेरा कुरा सुनेको हुनाले, यस ठाउँ र यसका मानिसहरूको विरुद्धमा मैले भनेको सुनेर तैँले आफूलाई परमेश्‍वरको सामु विनम्र तुल्याइस्; यसकारण तैँले मेरो सामु आफूलाई विनम्र तुल्याएर आफ्नो वस्त्र च्यातेर मेरो सामु रोइस्। अब मैले तेरो पुकार सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ। 28अब म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा र यहाँ बस्‍नेहरूमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” यसकारण तिनीहरूले उनको जवाफ राजाकहाँ लगे।

언약을 새롭게 하다

29तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए। 30तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र लेवीहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्‍ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे। 31राजा आफ्नो खम्बाको छेउमा उभिए, र याहवेहको पछि लाग्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि र त्यस पुस्तकमा लेखिएका करारका वचनहरू पालन गर्न भनी याहवेहको सामु एउटा करार बाँधे। 32तब तिनले यरूशलेम र बेन्यामीनमा भएका हरेकलाई करारका वचनमाथि प्रतिज्ञा गराए; यरूशलेमका मानिसहरूले परमेश्‍वर, अर्थात् तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार गरे। 33योशियाहले सबै घृणित मूर्तिहरूलाई इस्राएलका सबै प्रान्तहरूबाट हटाए, र तिनले इस्राएलमा उपस्थित रहेका सबैलाई याहवेह तिनीहरूका परमेश्‍वरको सेवा गर्न लगाए। तिनी बाँचुन्जेल तिनीहरूले कहिल्यै पनि याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको पछि लाग्न छोडेनन्।

복사됨!
Aa