역대상 12

용사들이 시글락에서 다윗에게 나아오다

1दावीदलाई कीशका छोरा शाऊलको सामुबाट निष्कासन गरिएको बेलामा सिक्लगमा दावीदकहाँ आउने मानिसहरू यिनीहरू नै थिए। (तिनीहरू योद्धाहरू मध्येका थिए, जसले दावीदलाई लडाइँमा सघाएका थिए। 2तिनीहरू धनुर्धारी थिए, र काँड हान्‍न सक्ने अथवा दायाँ-बायाँ दुवै हातले घुँयेत्रोले ढुङ्गा हान्‍न सक्ने क्षमता भएका मानिसहरू थिए। तिनीहरू बेन्यामीनी कुलबाट शाऊलका आफन्तहरू थिए): 3गिबियाति शेमाहका छोराहरू अहीएजेर र योआश तिनीहरूका अगुवा थिए; अज्मावेतका छोराहरू यजीएल र पेलेत; बराकाह, अनातोती येहू; 4अनि गिबोनबाट यिश्मायाह, जो तीस जनामध्येका एक वीर मानिस थिए, जो ती तीस जना वीरहरूमध्येका अगुवा थिए; गदेराबाट यर्मिया, यहजीएल, योहानान, योजाबाद, 5एलूजै, यरीमोत, बाल्याह, शमर्याह, र हारूपीबाट शपत्याह; 6कोरहवंशीबाट एल्काना, यिश्याह, अजरेल, योएजेर र यशोबाम थिए; 7अनि गदोरबाट यरोहामका छोराहरू योएलह र जबदियाह थिए। 8केही गादीहरू दावीदसँग मिल्न भनी उजाडस्थानमा भएको गढमा तिनीकहाँ आए। तिनीहरू बहादुर योद्धाहरू थिए, लडाइँ गर्न तयार रहेका ढाल र भाला चलाउन सक्ने योद्धाहरू थिए। तिनीहरूका अनुहार सिंहका अनुहारझैँ र तिनीहरू पहाडहरूका घोरलहरूझैँ फूर्तिला थिए।

9एजेरचाहिँ तिनीहरूका मुखिया थिए; दोस्रोमा ओबदिया, तेस्रोमा एलिआब, 10चौथो मिश्मन्‍ना, पाँचौँ यर्मिया, 11छैटौँ अत्तै, सातौँ एलीएल, 12आठौँ योहानान, नवौँ एल्जाबाद, 13दसौँ यर्मिया र एघारौँचाहिँ मक्बन्‍ने। 14यी गादीहरू सेनाका सेनापतिहरू थिए; जसमा सबैभन्दा कमजोर एक सय सेना बराबर र सबैभन्दा बलियाचाहिँ एक हजार सेना बराबरका थिए। 15यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा यर्दन नदी तरेका थिए; जुन बेला नदीको पानी किनारसम्मै उर्लेर आएको थियो। अनि यिनीहरूले नै पूर्व र पश्‍चिमतिर बेँसीहरूमा बसेका सबै मानिसहरूलाई भगाएका थिए। 16बेन्यामीनी र यहूदाबाट पनि केही मानिसहरू दावीदलाई भेट्न तिनको गढमा आए।

17दावीद तिनीहरूलाई भेट्न बाहिर निस्केर आए, र तिनीहरूलाई भने, “यदि तिमीहरू मकहाँ मिलापको लागि र मेरो सहायताको लागि आएका हौ भने म तिमीहरूसँग मिलाप गर्न तयार छु; तर म निर्दोष हुँदा-हुँदै पनि तिमीहरूले मलाई धोका दिएर मेरा शत्रुहरूको हातमा सुम्पनलाई आएका हौ भने हाम्रा पुर्खाहरूका परमेश्‍वरले यो कुरा देखून्, र तिमीहरूको न्याय गरून्।” 18तब ती तीस जनाका मुखिया अमासैमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनले भने: “हे दावीद, हामी तपाईंका हौँ! हे यिशैका छोरा, हामी तपाईंकै साथमा छौँ! शान्ति र सफलता तपाईंकै होस्, अनि तपाईंलाई सहायता गर्नेहरूको पनि सफलता होस्; किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गर्नुहुनेछ।” यसकारण दावीदले तिनीहरूलाई ग्रहण गरे, र तिनीहरूलाई आफ्ना लुटपाट गर्ने सेना दलहरूका अगुवाहरू बनाए। 19जब दावीद पलिश्तीहरूसँग शाऊलको विरुद्धमा लडाइँ गर्न गएका थिए, तब मनश्शेका केही मानिसहरूले शाऊललाई छाडेर दावीदलाई पछ्याए। (दावीद र तिनका मानिसहरूले पलिश्तीहरूलाई सहायता गरेनन्; किनकि पलिश्तीहरूको सरसल्‍लाहपछि तिनीहरूका शासकहरूले दावीदलाई फिर्ता पठाइदिए। तिनीहरूले भने, “यदि दावीदले आफ्ना मालिक शाऊलसँग मिलेर हामीलाई त्यागिदिए भने हामीले हाम्रा टाउकाको मूल्य चुकाउनुपर्नेछ।”) 20जब दावीद सिक्लगमा गए, तब उनीसँग मिल्न आएका मनश्शेका मानिसहरू यिनीहरू नै थिए: अदनाह, योजाबाद, यदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै। मनश्शेको कुलबाट यिनीहरू हजार सैन्य दलमाथिका अगुवाहरू थिए। 21तिनीहरूले दावीदलाई लुटपाट गर्ने सैनिक दलहरूका विरुद्धमा सहायता गरे; किनकि तिनीहरू सबै वीर योद्धाहरू र तिनका सेनाका सेनापतिहरू थिए। 22दावीदसँग परमेश्‍वरका सेनाझैँ ठूलो सेना नभएसम्म दिन प्रतिदिन तिनलाई सहायता गर्न मानिसहरू आए।

군대가 헤브론에 모이다

23याहवेहले भन्‍नुभएझैँ शाऊलको राज्य दावीदलाई सुम्पन हेब्रोनमा दावीदकहाँ आएका लडाइँका निम्ति हतियारले सुसज्जित भई आउने मानिसहरूको संख्या यही हो: 24यहूदाबाट ढाल र भाला बोकेर लडाइँका निम्ति सुसज्जित भएका योद्धाहरू 6,800 थिए। 25शिमियोन कुलबाट लडाइँका निम्ति तयार भएका योद्धाहरू 7,100 थिए। 26लेवी कुलबाट 4,600 थिए। 27तीबाहेक हारूनको परिवारका अगुवा यहोयादा सहित 3,700 पुरुषहरू सामेल थिए, 28अनि एक जवान वीर योद्धा सादोक, जो आफ्ना परिवारका 22 अधिकृतहरूसहित थिए। 29शाऊलको कुल, बेन्यामीनका आफन्तहरूबाट 3,000 थिए, जसमध्ये धेरै जना त्यस बेलासम्म शाऊलका घरानाप्रति विश्‍वासयोग्य भई बसेका थिए। 30एफ्राइमको कुलबाट आफ्नै वंशहरूमा प्रसिद्ध रहेका 20,800 वीर योद्धाहरू थिए।

31मनश्शेका आधा कुलबाट, अर्थात् दावीदलाई राजा बनाउनलाई नाम नै तोकेर बोलाइएकाहरू 18,000 थिए। 32इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्‍ने ठिक कुरा जान्‍नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए। 33जबूलूनको कुलबाट दावीदलाई पूर्ण रूपमा इमानदारीतासाथ सहायता गर्नलाई सबै प्रकारका हातहतियार भिरेर लडाइँ गर्न तयार रहेका निपुण 50,000 योद्धाहरू थिए। 34नप्‍तालीको कुलबाट ढाल र भाला बोकेका 37,000 मानिसहरूसहित 1,000 अधिकारीहरू थिए। 35दानको कुलबाट लडाइँका निम्ति तयार रहेका 28,600 मानिसहरू थिए। 36आशेरको कुलबाट लडाइँको निम्ति तयार रहेका अनुभवी योद्धाहरू 40,000 थिए। 37अनि यर्दनको पूर्वपट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट हरेक किसिमका हातहतियारले सुसज्जित भएका 120,000 मानिसहरू थिए। 38यी सबै लडाकु मानिसहरू थिए, र स्वेच्छापूर्वक सबै दर्जामा सेवा गर्न राजी थिए। तिनीहरू दावीदलाई इस्राएलमाथि राजा बनाउने दृढ संकल्प लिएर हेब्रोनमा आए। बाँकी सबै इस्राएलीहरू पनि दावीदलाई राजा बनाउन एउटै मनका भए।

39ती मानिसहरूले दावीदसँग खाँदै र पिउँदै तीन दिन बिताए। किनभने तिनीहरूका परिवारले तिनीहरूका निम्ति सरसामानहरू जुटाइदिएका थिए। 40तिनीहरूका इलाका नजिक रहेका इस्साखार, जबूलून र नप्‍तालीहरू पनि गधा, ऊँट, खच्‍चर र गोरुहरूमा भोजन लदाएर आए। इस्राएलमा खुशी छाएको कारणले त्यहाँ पिठो, सुकेको नेभारा, किसमिस, दाखमद्य, जैतुनको तेल, गोरुहरू र भेडाहरू प्रशस्त मात्रामा थिए।

복사됨!
Aa