사무엘하 10

사신들이 모욕을 당하다

1केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए। 2दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा आए, 3तब अम्मोनी अधिकारीहरूले तिनीहरूका मालिक हानूनलाई भने, “के दावीदले तपाईंकहाँ समवेदना प्रकट गर्नलाई मानिसहरू पठाएर तपाईंका पितालाई आदर दिइरहेका छन् भनी तपाईं ठान्‍नुहुन्छ? के दावीदले तिनीहरूलाई यस सहरको जानकारी लिएर यसलाई जित्नको लागि जासुसी गर्न पठाएका होइनन् र?” 4यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए। 5जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्‍नू, तब मात्र फर्केर आउनू।” 6जब अम्मोनीहरूले दावीदका लागि तिनीहरू अप्रिय भएको कुरा महसुस गरे, तब तिनीहरूले बेथ-रहोब र सोबाहबाट बीस हजार अरामी पैदल-सेना भाडामा लिए। साथै एक हजार मानिसहरूसहित माकाका राजालाई लिए; अनि तोबबाट पनि बाह्र हजार मानिसहरू लिए। 7यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए। 8अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे।

암몬과 아람을 이기다

9योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए। 10तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए। 11योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु। 12साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।” 13तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे। 14जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए। 15जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए। 16हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए।

17जब दावीदलाई यो कुरा सुनाइयो, तब तिनले समस्त इस्राएलीहरूलाई भेला गराए, र यर्दन नदी तरेर हेलाममा गए। अरामीहरूले दावीदको सामना गर्नलाई युद्धको मोर्चा बाँधे, र तिनीसित युद्ध गरे। 18तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे। 19जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए। यसकारण अरामीहरू अम्मोनीहरूलाई फेरि सहायता गर्न डराए।

복사됨!
Aa