고린도후서 8

마게도냐의 후한 연보

1अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ। 2तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। 3किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। 4प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे। 5अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे। 6यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्‍यौँ। 7अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ। 8म तिमीहरूलाई आज्ञा दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु।

9किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन। 10अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ। 11अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्। 12किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ। 13अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्‍ने हाम्रो इच्छा होइन; 14वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ, 15जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”

디도를 먼저 보내다

16परमेश्‍वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो। 17किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्। 18अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्। 19यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ। 20यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्‍न चाहँदैनौँ। 21किनकि परमेश्‍वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्‍ट उठाइरहेका छौँ। 22यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्‍ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ। 23तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्।

24यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्।

복사됨!
Aa