Números 23
O primeiro oráculo de Balaão
1बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।” 2बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। 3तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए। 4परमेश्वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।” 5याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।” 6यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए: 7तब बालामले आफ्नो सन्देश सुरु गरे: “बालाकले मलाई अरामबाट यहाँ ल्याए; मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: आउनुहोस् र इस्राएललाई धिक्कार्नुहोस्।’ 8परमेश्वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्कार्नुभएन, मैले कसरी धिक्कारूँ?
9मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्। 10याकोबको धुलोलाई कसले गन्न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!” 11बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!” 12बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?”
O segundo oráculo de Balaão
13त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।” 14यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। 15बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।” 16याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।” 17यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्नुभयो?” 18तब बालामले यसरी आफ्नो सन्देश बोले: “ए बालाक उठ्, र सुन्; ए सिप्पोरका छोरा मेरा कुरा सुन्। 19परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न; उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्न र? के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्न र?
20मैले आशिष् दिनू भन्ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ। 21“याकोबमा कुनै दुष्टता देखिँदैन, इस्राएलमा कुनै विपत्ति देखिँदैन। याहवेह तिनीहरूका परमेश्वर तिनीहरूसँग हुनुहन्छ; राजाको विजय-ध्वनि तिनीहरूको बीचमा छ। 22परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। 23याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्वरले के गर्नुभएको छ, त्यो हेर!’ 24यो जाति सिंहनीझैँ उठ्छन्; तिनीहरूले आफूलाई सिंहझैँ उत्तेजित पार्दछन्, जसले आफ्नो शिकार नखाउन्जेल र आफ्नो शिकारको रगत नपिउन्जेल विश्राम लिदैनन्।” 25तब बालाक राजाले बालामलाई भने, “तिनीहरूलाई श्राप नदिनुहोस्, र तिनीहरूलाई आशिष् पनि नदिनुहोस्!” 26बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्नुहुन्छ, त्यही कुरा भन्नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” 27त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्वर खुशी हुनुहोला कि।”
28अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो। 29तब बालामले बालाकलाई भने, “मेरा लागि यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढेहरू र सात वटा भेडाहरू तयार पार्नुहोस्।” 30बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।