Marcos 15
Diante de Pilatos
1एकाबिहानै, मुख्य पुजारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू र सम्पूर्ण महासभासँग मिलेर सल्लाह गरी तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए। 2पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।” 3ती मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। 4यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।” 5तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्क परे।
A multidão escolhe Barrabás
6अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो। 7झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो। 8अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्यो। 9पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” 10किनकि मुख्य पुजारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्ने पिलातसलाई थाहा थियो। 11तर पिलातसले बारब्बालाई नै छोडिदेऊन् भनी मुख्य पुजारीहरूले भीडलाई उक्साए।
Pilatos entrega Jesus
12पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ?” 13तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” 14पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” 15भीडलाई सन्तुष्ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लगाउँदै उहाँलाई क्रूसमा झुण्ड्याउन सुम्पिदिए।
Os soldados zombam de Jesus
16सिपाहीहरूले येशूलाई महल भित्र (अर्थात्, प्रेटोरियम) लगे, र सिपाहीहरूका सबै पल्टनलाई बोलाए। 17तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। 18अनि तिनीहरूले उहाँलाई “यहूदीहरूका राजाको जय!” भन्दै कराए। 19तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामु घुँडा टेकेर झुके। 20अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
A crucificação
21अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। 22तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। 23तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्नुभएन। 24अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे। 25तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। 26उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। 27तिनीहरूले उहाँसित दुई डाँकुहरूलाई पनि क्रूसमा टाँगे—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। 28अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”
29त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! 30क्रूसबाट तल ओर्लेर आइज, र आफूलाई बचा!” 31यस्तै किसिमले मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। 32यो ख्रीष्ट, इस्राएलका राजा, अब क्रूसबाट तल ओर्लिआओस्, र यो देखेर हामी विश्वास गरौँ।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।
A morte de Jesus
33बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। 34अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” 35छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।” 36एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।” 37तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। 38त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। 39अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्चय नै यी मानिस परमेश्वरका पुत्र रहेछन्!” 40केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए।
41यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
O sepultamento de Jesus
42त्यो दिन तयारीको दिन (अर्थात्, शब्बाथ दिनको अगिल्लो दिन) थियो। यसकारण जब साँझ हुन थाल्यो, 43अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे। 44उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे। 45जब सेनापतिबाट तिनलाई यो कुरा पक्का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए। 46योसेफले केही मलमलको कपडा किने, र उहाँको लासलाई तल ओरालेर त्यही कपडामा बेह्रे, र उहाँलाई चट्टान खोपेर बनाइएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए। 47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखिएको ठाउँ देखे।