1 Reis 11

As mulheres estrangeiras

1राजा सोलोमनले धेरै विदेशी स्त्रीहरूसित प्रेम गरे। तिनले फारोकी छोरीबाहेक मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्तीहरूसित विवाह गरे। 2तिनीहरू ती राष्ट्रहरूका थिए, जसको विषयमा याहवेहले इस्राएलीहरूलाई, “तिमीहरूले तिनीहरूसित अन्तर-विवाह नगर्नू। किनकि निश्‍चय नै तिनीहरूले तिमीहरूका हृदयलाई तिनीहरूका देवी-देवताहरूतिर फर्काइदिनेछन्।” भन्‍नुभएको थियो, तैपनि सोलोमन तिनीहरूको प्रेममा आसक्त भए। 3तिनका राज घरानामा जन्मिएका सात सय पत्नीहरू, र तीन सय उपपत्नीहरू थिए। तिनका पत्नीहरूले तिनलाई याहवेहबाट बहकाए। 4सोलोमनको उमेर ढल्कँदै जाँदा तिनका पत्नीहरूले तिनको हृदय अन्य देवी-देवताहरूतिर फर्काइदिए र तिनको हृदय तिनका पिता दावीदको जस्तै सम्पूर्ण रूपले परमेश्‍वरप्रति विश्‍वासयोग्य भएन। 5तिनले सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूका घिनलाग्दा देवता मोलेखको आराधना गरे। 6यसरी सोलोमनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तिनले आफ्ना पिता दावीदले झैँ पूर्ण रूपले याहवेहलाई पछ्याएनन्। 7सोलोमनले यरूशलेमको पूर्वपट्टिको पहाडमा मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलेखका निम्ति एउटा उच्‍च देवस्थान बनाइदिए। 8यसरी तिनले तिनका सबै विदेशी पत्नीहरूका निम्ति उनीहरूका आ-आफ्ना देवताहरूका सामु धूप बाल्ने र बलिदान चढाउने ठाउँ बनाइदिए।

O reino será tirado

9सोलोमनकहाँ दुईपल्ट देखा पर्नुहुने याहवेह, इस्राएलका परमेश्‍वरदेखि तिनी तर्किगएकाले याहवेह तिनीसित रिसाउनुभयो। 10याहवेहले अन्य देवी-देवताहरूको पछि लाग्नदेखि मनाही गर्नुभएको भए तापनि सोलोमनले उहाँको आज्ञापालन गरेनन्। 11यसकारण याहवेहले सोलोमनलाई भन्‍नुभयो, “तेरो व्यवहार यस्तो भएकोले, र मैले तँलाई आज्ञा गरेका मेरो करार र उर्दीहरू पालन नगरेकोले, म निश्‍चय नै तेरो यो राज्य तँबाट खोसेर तेरो एक जना सेवकलाई दिनेछु। 12तैपनि तेरो पिता दावीदको कारण, म तेरो जीवनकालमा यसो गर्नेछैनँ। म यो राज्य तेरो छोराको हातबाट खोस्‍नेछु। 13तापनि म त्यसबाट सम्पूर्ण राज्य खोस्‍नेछैनँ; तर मेरो सेवक दावीदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म त्यसलाई एउटा कुलचाहिँ दिनेछु।”

Hadade, o edomita

14तब याहवेहले एदोमको राजकीय घरानाको एदोमी हददलाई सोलोमनको विरुद्धमा खडा गराउनुभयो। 15सुरुमा जब दावीदले एदोमसित लडाइँ गर्दैगर्दा, फौजका सेनापति योआबले मरेकाहरूलाई गाड्न गएको बेला, एदोमका सबै पुरुषहरूलाई मारेका थिए। 16एदोममा भएका सबै मानिसहरूलाई नष्‍ट नपारेसम्म, योआब र सारा इस्राएलीहरू छ महिनासम्म त्यहीँ बसेका थिए। 17तर त्यस बेला हददचाहिँ सानै थिए। अनि आफ्ना पिताको सेवा गर्ने केही एदोमी अधिकृतहरूसित भागेर तिनी इजिप्टमा पुगे। 18तिनीहरू मिद्यानबाट हिँडे, र पारानमा गए। तब आफूसित पारानका मानिसहरू लिएर तिनीहरू इजिप्टमा त्यहाँका राजा फारोकहाँ गए, जसले हददलाई एउटा घर, जमिन र भोजन जुटाइदिए। 19हददसित फारो यति खुशी भए कि तिनले आफ्नी पत्नी रानी तहपनेसकी बहिनीलाई तिनीसित विवाह गरिदिए। 20तहपनेसकी बहिनीले गनूबत नाम गरेको एउटा छोरा जन्माइन् र गनूबतलाई राजकीय महलमा फारोका छोराछोरीसित हुर्काइन्। 21हदद इजिप्टमा हुँदा तिनले दावीद आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरेको र फौजका सेनापति योआबको पनि मृत्यु भएको कुरा सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नै देशमा फर्केर जान दिनुहोस्।”

22फारोले सोधे, “तपाईंलाई यहाँ के कुराको अभाव छ र तपाईं आफ्नै देशमा जान चाहनुहुन्छ?” हददले जवाफ दिए, “केही कुराको अभाव छैन; तैपनि बिन्ती छ, मलाई जान दिनुहोस्!”

Rezom de Damasco

23परमेश्‍वरले सोलोमनको विरुद्धमा अर्को विरोधीलाई खडा गर्नुभयो, जो एल्यादाको छोरो रेसोन थियो, र त्यो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेको थियो। 24जब दावीदले सोबाको फौजलाई ध्वस्त पारे, तब रेसोनले आफ्ना चारैतिर मानिसहरू जम्मा गरे, र लुटेराहरूका दल बनाए। अनि आफूचाहिँ तिनीहरूका अगुवा बने। तिनीहरू दमस्कसमा गए; जहाँ तिनीहरू बसोबास गरे, र त्यसलाई आफ्नो अधीनमा लिए। 25सोलोमन बाँचुन्जेल रेसोन इस्राएलका विरोधी नै भइरहे, जसले हददले निम्त्याएका समस्यामा अझ थपिदिए। तसर्थ रेसोनले अराममा राज्य गरे र इस्राएलसँग शत्रुता राखे।

A Jeroboão são prometidas dez tribos

26नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सार्तानको एक एफ्राइमी र सोलोमनका एक अधिकारी थिए। तिनकी सेरूआ नाम भएकी विधवा आमा थिइन्। 27यारोबामले किन राजाको विरोध गरे, त्यसको वृतान्त यस्तो छ: सोलोमनले आधारका लागि कौसीहरू बनाए र तिनका पिता दावीदको सहरको पर्खालका खाली ठाउँलाई भरिदिएका थिए। 28यारोबामचाहिँ होनहार जवान थिए। ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफको घरानाका सम्पूर्ण मजदुरहरूका नाइके बनाइदिए। 29त्यस बेला यारोबामचाहिँ यरूशलेमबाट बाहिर जाँदैथिए, र तिनलाई नयाँ खास्टो ओढेका शीलोका अगमवक्ता अहीयाहले बाटोमा भेटे। त्यस मैदानमा तिनीहरू दुई जना मात्र थिए। 30अहीयाहले आफूले ओढेको नयाँ खास्टो समाते र त्यसलाई च्यातेर बाह्र टुक्रा पारे। 31तब तिनले यारोबामलाई भने, “तिमीले आफ्ना निम्ति दश टुक्रा लेऊ; किनकि याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हेर्, म सोलोमनको हातबाट राज्य खोसेर तँलाई दश वटा कुल दिनेछु। 32तर मेरो सेवक दावीद र यरूशलेम सहरको खातिर, जसलाई मैले इस्राएलका कुलहरूबाट चुनेँ, एउटा कुल त्यससित रहनेछ। 33म यो गर्नेछु, किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीमहरूको देवता मोलेखलाई पुजेका छन्; अनि मेरा मार्गहरूमा हिँडेका छैनन्। न त मेरो दृष्‍टिमा जे ठिक छ, ती गरेका छन्; न त सोलोमनका पिता दावीदले झैँ मेरा उर्दीहरू, व्यवस्थाहरू पालन गरेका छन्।

34“ ‘तर म सोलोमनको हातबाट सम्पूर्ण राज्य लानेछैनँ। मैले चुनेको मेरो दास दावीदको खातिर म सोलोमनलाई त्यसको जीवनकालभरिको लागि शासक बनाइराख्नेछु। किनकि उसले मेरा आज्ञाहरू र उर्दीहरू पालन गरेको थियो। 35म त्यसको छोराको हातबाट राज्य लिएर तँलाई दश कुल दिनेछु। 36म त्यसको छोरालाई एक कुल दिनेछु; ताकि मैले आफ्नो नाम राख्न चुनेको यरूशलेम सहरमा मेरो सेवक दावीदको निम्ति एउटा बत्ती सधैँभरि मेरो सामु बलिरहोस्। 37तैपनि तेरो विषयमा चाहिँ म तँलाई लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैँले शासन गर्नेछस्; र तँ इस्राएलको राजा हुनेछस्। 38मैले आज्ञा दिएका सबै कुराहरू तैँले पालन गरिस् र मेरा सेवक दावीदले गरेझैँ मेरा मार्गहरूमा हिँडिस्, मेरा उर्दीहरू र आज्ञाहरू पालन गरेर मेरो दृष्‍टिमा जे ठिक छ, त्यो गरिस् भने म तँसित हुनेछु। मैले दावीदको निम्ति गरेझैँ म तेरो निम्ति एउटा वंश खडा गरिदिनेछु, र इस्राएल तँलाई दिनेछु। 39यसैकारण म दावीदको सन्तानलाई नम्र तुल्याउनेछु, तर सधैँभरिका लागि होइन।’ ” 40सोलोमनले यारोबामलाई मार्न खोजे, तर यारोबाम इजिप्टमा राजा शीशककहाँ भागेर गए। सोलोमनको मृत्यु नभएसम्म त्यहीँ बसे।

A morte de Salomão

41सोलोमनको शासनकालका अरू घटनाहरूको विषयमा, र तिनले गरेका सबै कामहरू अनि देखाएका सबै बुद्धिहरूको विषयमा सोलोमनको इतिहासको पुस्तकमा ती लेखिएका छन्। 42सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे। 43त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।

Copiado!
Aa