Salmos 46
Dios es nuestro amparo y fortaleza
1सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन। परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर हुने सहायक। 2यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्, चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्; 3चाहे समुद्र गर्जोस् र फीँज काढोस्, र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला 4एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर, सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ। 5परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन; परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ। 6राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्। परमेश्वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ। 7सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला 8आओ र याहवेहले गर्नुभएका कामहरू हेर, उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
9पृथ्वीको छेउसम्मै उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ; उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ; उहाँले रथहरूलाई आगोमा जलाउनुहुन्छ। 10उहाँले भन्नुहुन्छ, “शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान; म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उचालिनेछु।” 11सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ; याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला