Josué 12

Reyes vencidos al oriente del Jordán

1यी तिनै राजाहरू हुन्, जो यर्दनको अराबाको पूर्वमा थिए, जसलाई इस्राएलीहरूले जिते, र तिनीहरूको देश कब्जा गरे। तिनीहरूको भूभागको सिमाना अर्नोन घाटीदेखि हेर्मोन पर्वतसम्म, र सम्पूर्ण भूमि समावेश थियो: 2एमोरीहरूका राजा सीहोन, जसले हेश्बोनमा राज्य गर्थे। तिनले अर्नोन घाटीमा अवस्थित अरोएरदेखि—बीचमा भएको सहरदेखि अम्मोनीहरूको सिमानामा भएको यब्बोक नदीसम्म शासन गर्थे। त्यसमा गिलादको आधा भाग पनि पर्थ्यो। 3तिनले गालील समुद्रदेखि अराबा समुद्र (खारा समुद्र) सम्म र पूर्वीय अराबामा बेथ-यशीमोत र त्यसपछि पिसगाको भिरालोमुनि दक्षिणको भागसम्म शासन गर्थे। 4अनि बाशानका राजा ओगको इलाका, जो रपाईहरूका आखिरी पुस्ता मध्येका एक जना थिए; जसले अस्तारोत र एद्रईमा राज्य गर्थे। 5तिनले हेर्मोन पर्वत, सलेका र सारा बाशानमा गेशूरीहरू र माकातीहरूको सिमानासम्म, अनि हेश्बोनका राजा सीहोनको सिमानासम्म र गिलादको आधा भागसम्म शासन गर्थे। 6याहवेहका सेवक मोशा र इस्राएलीहरूले तिनीहरूलाई जिते। अनि याहवेहका सेवक मोशाले ती राजाहरूका देश; रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई तिनीहरूको पैतृक सम्पत्तिको रूपमा दिए।

Reyes vencidos al occidente del Jordán

7यहोशू र इस्राएलीहरूले यर्दनको पश्‍चिमपट्टि लेबनानको बेँसीमा भएको बाल-गाददेखि सेइरको उकालोतिर जाने हालाक पर्वतसम्म जितेका राजाहरू यिनै हुन्। तिनीहरूका देशहरू यहोशूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा तिनीहरूलाई दिए। 8ती भूमिहरू, पहाडी मुलुक, पश्‍चिमी फेदीहरू, अराबा, पर्वतीय भिरहरू, उजाडस्थान र दक्षिणी भागहरू हुन्। ती देशहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका थिए: 9यरीहोको राजा, एक, ऐको राजा, (बेथेलको छेउको) एक, 10यरूशलेमको राजा, एक, हेब्रोनको राजा, एक, 11यर्मूतको राजा, एक, लाकीशको राजा, एक, 12एग्लोनको राजा, एक, गेजेरको राजा, एक, 13दबीरको राजा, एक, गेदेरको राजा, एक, 14होर्माको राजा, एक, आरादको राजा, एक,

15लिब्नाको राजा, एक, अदुल्‍लामको राजा, एक, 16मक्‍केदाको राजा, एक, बेथेलको राजा, एक, 17तप्पूहको राजा, एक, हेपेरको राजा, एक, 18अपेकको राजा, एक, लश्शारोनको राजा, एक, 19मादोनको राजा, एक, हासोरको राजा, एक, 20शिम्रोन-मेरोनको राजा, एक, अक्षापको राजा, एक, 21तानाकको राजा, एक, मगिद्दोको राजा, एक, 22केदेशको राजा, एक, कर्मेलमा योक्नामको राजा, एक,

23नापोथमा डोरको राजा, एक, गिलगालमा गयीमको राजा, एक, 24तिर्साको राजा एक।

¡Copiado!
Aa