Filemón 1

Pablo saluda a Filemón

1ख्रीष्‍ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, 2हाम्री बहिनी अफिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने मण्डलीलाई: 3हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

Tu amor conforta a los santos

4जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु; 5किनकि म प्रभु येशूमा भएको तिम्रो विश्‍वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु। 6ख्रीष्‍टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्‍वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु। 7तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।

Recíbelo como hermano

8यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्‍टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ; 9म, वृद्ध पावल, जो अहिले ख्रीष्‍ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु। 10म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्‍टमा मेरो आत्मिक छोरा भए, 11जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्। 12मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्। 13सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ; 14तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ। 15सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला।

16दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ। 17यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर। 18यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ। 19म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ। 20प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ। 21तिम्रो आज्ञाकारिताको कारण निश्‍चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु। 22अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।

Los saludos finales

23ख्रीष्‍ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्। 24अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्। 25प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासँग रहोस्!

¡Copiado!
Aa